ग्रीनलाइफको आइपीओ अर्काे साता बाँडफाँड गरिने
नुवाकोट । सर्वसाधारणलाई सेयर निष्काशन गरेको अन्तिम दिनसम्म ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमा १३ लाख २६ हजार ७७ जना सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।
निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार २ करोड ३७ लाख ३० हजार १८० कित्ताकालागि कूल २ अर्ब ३७ करोड ३० लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । कम्पनीले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आइपीओ खुला गरेको थियो । कम्पनीको आइपीओमा मागभन्दा ७.३० गुणा बढी आवेदन दिएका हुन् ।
ग्रीनलाइफले कूल ३४ लाख ९६ हजार ४०० कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।
कम्पनीको आइपीओ अर्काे साता बाँडफाँड गरिने निष्काशन कम्पनीले जनाएको छ । प्रिअलटमेण्ट गरिएको ३ दिनपछि बाँडफाँड गरिने छ । गोलाप्रथा विधिबाट आइपीओ बाँडफाँड गरिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया