मृतकका आफन्तद्धारा नुवाकोटको बजार क्षेत्रमा प्रर्दशन
विदुर खबर
२०७७ माघ २० गते १०:२३
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट मृत्यु भएका विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ का आफन्तले मृतकलाई क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दे नुवाकोटको विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।
प्रर्दशनका कारण नुवाकोट र रसुवामा यातायात ठप्प भएको छ । बजार क्षेत्रमा प्रर्दशन भएसँगै रसुवा र नुवाकोट हुँदै काठमाण्डौ जान लागेका सयौ यात्रुहरु अलपत्र परेका छन् । आज विहान ६ बजे त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८८९ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको थियो ।
घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया