नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
नुवाकोट । नुवाकोटमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २जनालाई खोप लगाइने जानकारी दिए । उनले जिल्लामा पहिलो चरणमा करिब साढे २ हजार जना मानिसलाई यो खोप लगाइने बताए । सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ ।
जिल्ला अस्पताल त्रिशुली र खरानीटार अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने घिमिरेले बताए । त्रिशुली अस्पतालबाट विदुर,लिखु,शिवपुरी र बेलकोटगढी नगरपालिकाका फ्रन्टलाइन (अग्रभाग)मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । यस्तै खरानीटार अस्पतालबाट पन्चमकन्या र दुप्चेश्वर गाउँपालिकाका पहिला्े समुहलाइे खोप लगाइने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन
छैटौँ देउराली अर्चले कपकाे उपाधी न्यु भिजनले उचाल्यो





प्रतिक्रिया