पुर्व सांसद लोहनी रोपाँई गर्न गाउँ पसे (फोटो फिचर)
विदुर खबर, विदुर, कृषिमा आत्मनिर्भर बन्न र परनिर्भरताको अन्त्य गर्न भन्दै पुर्वसांसद तथा नेकपाका नेता राजेन्द्रप्रकाश लोहनी कोदाली बोक्दै रोपाई गर्न खेतमा पस्नुभएको छ ।

नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं ८ थानापति घर भएका लोहनी कोदाली बोकेर बषौंदेखि बाँझो खेत रोप्न अहिले लागि पर्रनुभएको छ । । उहाँले आगमी ११ गते शुक्रबार झण्डै २५ रोपनीको घर खेतमा परम्परागत असारे गित र बाजागाजा सहित भव्य रुपमा रोपाँई गर्ने कार्यक्रम राख्नुभएको छ ।

खेत रोपाई कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित भएका सांसद नारायणप्रसाद खतिवडालाई लोहनीले बाउसेको जिम्मा दिनुभएको लोहनीले बताउनुभयो । रोपाईँ कार्यक्रममा सहभागी हुने खेतालाहरुलाई केराको बुंगोको अचार सहितको खाजा खुवाइने कार्यक्रम रहेको बताईएको छ ।

पुर्व संसद लोहनी आजकल खेतमा आली लगाउन र घाँस सफागर्न आएका खेतालासंग व्यस्त रहने गरेको थानापतिका स्थानियहरु बताउँछन । पुर्व संसद नै बषौंपछि गाँउ फर्किएर रोपाई गर्न थालेपछि शिवपुरीका किसानहरु ऋहिले हौसिएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया