संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले आज नुवाकोटको ८८ वटै वडामा विरोध प्रर्दशन गरेको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले आज केन्द्रिय कार्यालयको निर्देशनमा सबै वडामा विरोध प्रर्दशन गरेको हो । विदुर नगरपालिका वडा नम्बर २ र वडा नम्बर ४ को संयुत्त आयोजनामा भएको विरोध कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा पुर्व संविधानसभा सदस्य समेत रहेका जगदिश्वरनरसिंह केशी लगायतको उपस्थिति रहेको थियो ।
विरोधसभामा सम्बोधन गर्दे जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले जनताले चुनेको प्रतिनिधिसभा एक व्यक्तिको सनकमा भंग हुन नसक्ने बताए । उनले प्रधानमन्त्रि केपी शर्मा ओलीलाई संविधानको कुनैपनि धारा र उपधाराले संसद विघटनको अधिकार नदिएको भन्दै ओली प्रतिगमन उन्मुख भएको आरोप लगाए ।
प्रदर्शनमा सामान्य रुपमा मात्र जनसहभागिता रहेको थियो । नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ । विरोध प्रर्दशनमा केपी सरकार मुर्दावाद,भष्ट्राचारीलाई कारवाही गर लगायतका नारा लगाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया