एसईई जेठमा गर्न प्रस्ताव
नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ ।
तर मन्त्रिपरिषद्ले उक्त विषयमा निर्णय गरिसकेको छैन । एसईई परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैं संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ । मन्त्रालयको प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० मा अध्ययनरत विद्यार्थीको विवरण माग गरेको छ । ‘सरकारले शैक्षिक सत्र टुंग्याएपछि हामीले एसईई परीक्षा लिने हो,’ बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले भने, ‘त्यसैले कानुनअनुसार विद्यार्थीको यकिन विवरणका निम्ति फाराम खुला गरेका छौं । सरकारले निर्णय गरे थप तयारीमा जुट्छौं ।’ गत वर्ष देशभरिबाट एसईईका निम्ति ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थीले फाराम भरेका थिए । सरकारले चैत ६ गतेबाट हुने परीक्षा कोरोना भाइरसका कारण ५ गते स्थगित गर्ने घोषणा गरेको थियो । लकडाउनका कारण सहरमा पढ्दै गरेका धेरै विद्यार्थी गाउँघर फर्किएको अनुमान गरिएको छ । त्यसैले मन्त्रालयले गाउँघरमा रहेका विद्यार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन पाउने नीति अघि बढाएको छ ।
त्यसनिम्ति कक्षा १० का विद्यार्थीको परीक्षा स्थानान्तरण हुनुपर्ने प्रस्ताव गरिएको छ । विद्यमान शिक्षा तथा नियमावलीअनुसार कक्षा ९ सम्म मात्र स्थानान्तरण हुने प्रावधान रहेको छ । ‘विद्यार्थीको समस्यालाई ध्यानमा राखेर यो पटकका निम्ति कक्षा १० मा स्थानान्तरण प्रस्ताव गरिएको छ,’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्ला भन्ने लागेको छ । त्यसका निम्ति केही ऐन–नियमसमेत संशोधन हुनुपर्नेछ ।’
मन्त्रालयले शैक्षिक सत्र गुम्न नदिन अर्को वर्षको दुई महिना चालु सत्रमा गाभ्ने प्रस्ताव पनि गरेको छ । अर्को वर्षको सत्र १० महिनाको मात्र रहने प्रस्तावमा उल्लेख छ । उपत्यकाबाहिर विद्यालय खुल्न सुरु भएको जनाउँदै नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले यो वर्षको शैक्षिक सत्र चैत वा वैशाखसम्म लम्ब्याएर न्यूनतम सिकाइ उपलब्धि लिन सकिने बताए । ‘त्यसपछि परीक्षा लिन उपयुक्त हुन्छ भन्ने निचोडमा पुगेका छौं,’ उनले भने । सरकारले एसईईका ऐन–नियमबारे चाँडै निर्णय गरेमा अन्योल हट्ने सापकोटाले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया