नुवाकोटका जितु मिजारद्धारा सहयोगको अपिल

ट्रमा सेन्टरमा उपचाररत जितु मिजार ।
नुवाकोट । मोटरसाईकल र्दुघटनामा परि घाईते भएका नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का २१ वर्षिय जितु मिजारले सहयोगको अपिल गरेका छन् ।
२०७६ माघ २८ गते मोटरसाईकल दुर्घटनापरि त्यही समयदेखि काठमाण्डौको ट्रमा सेन्टरमा उपचाररत उनको पेटको अप्रेसन ६ पटक तथा १ पटक हातको शल्यक्रिया भएको र पुनः शल्यक्रिया गर्न वाँकि रहेको अवस्थामा २५ लाख भन्दा बढी खर्च भएकोले आर्थिक अभावका कारण उपचार गर्न नसकेकोले उनले सबैसँग सहयोग मागेका हुन् । उपचार गर्नको लागि आर्थिक अभाव भई परिवारवाट कहिकतैबाट पनि ब्यवस्थापन गर्न नसकिने अवस्था भएकोले जीवन रक्षाको लागि सहयोग गरिदिन उनले सबैमा अनुरोध गरेका छन् ।
उनलाई सहयोग गर्न चाहानेले ग्लोबल आइएमई बैंकमा रहेको भक्ति मिजारको खाता नम्बर ०२०७०१००१९२३९मा पैसा जम्मा गर्न सकिने उनका आफन्तले जनाएका छन् ।
यसैविच जितु मिजारको सहयोगको लागि सामाजिक संजाल फेसबुकमा आर्थिक सहयोग अभियान शुरु भएको छ । सामाजिक संजाल फेसबुकमा मछिन्द्र प्याकुरेलले जितु मिजार सहयोग अभियान शुरु गरेका छन् । अभियान शुरु भएको दिनमै ५० हजार रुपैयाभन्दा बढी आर्थिक सहयोग जुटिसकेको प्याकुरेलले जानकारी दिए ।
उनले यसअघि पनि सामाजिक संजाल फेसबुकबाटै आर्थिक अवस्था कमजोर भएका हरुलाई उपचार रकम संकलन , रगत व्यवस्थापन तथा लकडाउनमा आर्थिक अवस्था कमजोर भएका हरुलाई घर घरैमा पुगी खाध्यान्न लगायत राहत वितरण तथा दैविक प्रकोपमा परेकाहरुलाइ राहत वितरण गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया