लोकतन्त्रको विकल्प कम्युनिष्ट हुन सक्दैन : नेता के.सी
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केशीले लोकतन्त्रको विकल्प कम्युनिष्ट हुनै नसक्ने बताएका छन् ।
सोमवार नुवाकोटको विदुरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दे नेता के.शीले नेकपाका अध्यक्षद्धय के.पी शर्मा ओली र पुस्पकमल दाहाल प्रचण्डले एक अर्काेलाई लेखेको आरोप पत्र जनताले थाहा पाए नेपालका कम्युनिष्ट पार्टी आफै नाग्गिने बताए । उनले ईतिहासका हरेक कालखण्डमा भएको परिवर्तनमा कांग्रेसले नै निर्याणक भुमिका खेलेको भन्दै अब पनि आन्दोलन र संविधानको रक्ष ागर्न कांग्रेस आफै सक्षम रहेको बताए । नेता केशीले सरकारले चालेको कदमविरुद सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस कसैको पिछलग्गु भएर संघर्षमा नउत्रने भन्दै कांग्रेस आफै सक्षम रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले कांग्रेस नै लोकतन्त्र र संविधानको परिपुरक भएको भन्दै कांग्रेसले संविधानको लागि आन्दोलन गर्ने बताए । उनले कांग्रेसकै नेतृत्वमा सधै देशमा परिवर्तन भइरहेको भन्दै अवको आन्दोलनमा पनि आफुहरु नेतृत्व गर्न तयार रहेको बताए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केशीले प्रधानमन्त्रि के.पी शर्माले संविधानमार्फत होलि खेलेको बताए । उनले जनताको अधिकारमाथि धावा बोल्ने काम भएकोले आफुहरु आन्दोलनमा उत्रिएको बताए । कार्यक्रममा कांग्रेस नेता तथा
कार्यकर्ताहरुले प्रधानमन्त्रि के.पी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरि संविधानमाथि धावा बोलेको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया