नुवाकोटका पत्रकार देबकोटालाई बरिष्ठ पत्रकारिता सम्मान
नुवाकोट। नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिक, नुवाकोट जागरण साप्ताहिक र अर्थबृक्ष मासिकका प्रकाशक एवं सम्पादक शिव देबकोटा बरिष्ठ पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् ।
पावर ईन्टरनेशनल मिडियाको आयोजनामा शनिवार काठमाडौंमा आयोजित पावर म्युजिक अवार्डको क्रममा सूचना प्रबिधि तथा संचारमन्त्री पार्वत गुरुङले कदरपत्रद्वारा सम्पादक देबकोटालाई सम्मानित गरे । त्यसक्रममा यस वर्षको नेशनल पत्रकारिता पुरस्कार रातोपाटीकर्मी कुवेर गिरीलाई प्रदान गरिएको थियो भने रजत सम्मानवाट गायक सिताराम पोखरेल सम्मानित भएका थिए ।
कार्यक्रममा कुल ५२ विधाका लागी अवार्ड वितरण गरिएको थियो जसमा प्रेमध्वज प्रधान, मोहन निरौला, कुलेन्द्र वि.क., वसन्त थापा, यम बराल, देवी घर्ती, अर्जुन पोखरेल, कृष्णा आचार्य, सनम कठायत, चक्र वम, सानुबाबु महर्जन, केञ्जुमा सुव्वा, राजकुमार वगर, टिका बम्जन लगायतका कलाकारहरुले अवार्ड पाएका थिए।
नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने अवार्डको यो तेश्रो संस्करणको हो । कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, सुदुरपश्चिम प्रदेशका सांसद रतन थापा, गोकेर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, गीतकार एवं पत्रकार शान्तिप्रिय, पत्रकार विजय रत्न तुलाधर, नायक श्रीदेव भट्टराई लगायतले बिभिन्न बिधामा उत्कृष्ट भएकाहरुलाई अवार्ड वितरण गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया