एकीकरणको साढे दुई वर्षमै नेकपा विभाजनमा
नुवाकोट । सरकारले संसद् विघटन गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको साढे दुई वर्षमै विभाजित भएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर पार्टी एकताको कामले पूर्णता नपाउँदै संसद् विघटन प्रकरणले समानान्तर केन्द्रीय कमिटीको बैठक गर्दै दुवै समूहले औपचारिक विभाजनको सन्देश दिएका छन् । संसारमै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा आन्तरिक विवादका कारण विभाजितको बाटोमा पुगेको हो ।
मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा आ–आफ्नै वैधता रहेको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको भेलाले प्रचण्ड–नेपाल समूहको बैठकले वैधानिकता नपाउने दाबी गरेको छ भने यता प्रचण्ड–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको दाबी गर्दै बालुवाटारको भेलाको अर्थ नभएको बताएको छ ।
नेकपाको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनुभएको थियो । बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय समितिमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई बैठकमार्फत अनुमोदन गराउनुभएको छ । त्यसै गरी बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै नयाँ प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।
बैठकले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाउने निर्णय गरेको छ । योसँगै ओली पक्षको भेलाले नेकपाको कुल केन्द्रीय सदस्यको संख्या १ हजार १ सय ९९ बनाउने निर्णय गरेको छ । हाल नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो । भेलाले तत्कालै ५ सय ५६ जना केन्द्रीय आयोजक समिति थपिएको र रिक्त रहेका १ सय ९६ जना पछि थप्ने बताएको छ । मनोनित सदस्यहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथग्रहण गराउनुभएको छ ।
विस्तार गरिएको केन्द्रीय कमिटीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलगायत सबै केन्द्रीय सदस्यहरू यथावत् राखिएको छ । तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ । भेलामा पूर्वमाओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी भएका थिए ।
नेकपा ओली समूहको केन्द्रीय कमिटीबाट प्रवक्ताको जिम्मेवारी पाउनुभएका प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकले गर्ने निर्णयले वैधानिकता नपाउने बताउनुभएको छ । बालुवाटारमा सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकको वैधानिकता नहुने दाबी गर्नुभयो । पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र भन्ने प्रश्न गर्दै प्रवक्ता ज्ञवालीले भन्नुभयो– ‘त्यस्तो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरै भएन । नेकपा विभाजित र विघटन भएको छैन, बैठकको निर्णयको वैधानिकतामा कसैको प्रश्न भए निर्वाचन आयोगले निरुपण गर्छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया