शुभप्रभात बचत तथा ऋण सहकारीको १३ औ वार्षिक साधारणसभा सम्पन्न

फाईल फोटो ।
ईन्द्रचोक । विदुर नगरपालिका वडा नं २ ईन्द्रचोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कोरोना भाईरस अर्थात (कोभिड १९) को कारणले सहकारीले सामाजिक दुरी कायम गर्दै साधारणसभा यहि मंसिर २७ गते शनिवार सम्पन्न गरेको छ । सहकारीले आर्थिक वर्ष २०७६÷७७ को अन्तसम्ममा १७ करोड ३३ लाख ५० हजार ६ सय ३४ रुपैँया बचत गरेको सहकारीका अध्यक्ष महेन्दलाल श्रेष्ठले बताए । श्रेष्ठले सहकारीको १३ औ साधारणसभा आइपुग्दासम्म संस्थाको सेयर पुजी १ करोड ६७ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको बताए ।
सहकारीले आर्थिक वर्ष २०७६÷७७ मा १४ करोड ६७ लाख ६४ हजार ८ सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै कर्जा असुलीतर्फ ६ करोड २६ लाख २५ हजार २ सय ४८ रुपैयाँ क्रृण असुली भएको बताइएको छ ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले आर्थिक वर्ष २०७६÷७७ को लेखा परिक्षण प्रतिवेदन तथा आ.व २०७७÷७८ को अनुमानित आय व्ययका साथै निति तथा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सहकारीले आर्थिक वर्ष आर्थिक वर्ष २०७६÷७७ मा आफ्नो सम्पुर्ण खर्च कटाई ३१ लाख ६८ हजार ७ सय ९५ रुपैया नाफा गरेको सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले जानकारी दिए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुप्रति जिम्मेवारी बोध गर्दे एकलाखको कोरोना बिमा गरेका जनाएको छ भने विगत वर्षहरुमा गरिँएको व्यत्तिगत दुर्घटना बिमालाई नविकरण गरेको जनाएको छ । सहकारीमा हाल एकहजार २ सय ७२ पुरुष र ७ सय ६९ जना महिला गरि २ हजार ४१ जना सेयर सदस्य रहेका छन् ।
सम्बन्धित समाचार
शुभप्रभात बचत तथा ऋण सहकारीको ११ औ वार्षिक साधारणसभा सम्पन्न
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया