नुवाकोटकी भैरवी ढुंगाना राष्ट्रिय कविता महोत्सवमा प्रथम
नुवाकोट । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छिन् ।
‘नेपालको गीत’ कविताबाट भूगोलले प्रथम स्थान हासिल गरेकी हुन् । ‘संकल्प’ कविताबाट लमजुङका कवि प्रज्ज्वल अधिकारीले दोस्रो स्थान हासिल गरे । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा ‘आमाको आदेश’ कविताबाट गणेशप्रसाद खतिवडा, ‘आमा ः एक विश्वविद्यालय’ शीर्षकको कविताबाट देवकी अभिलाषी’, ‘समृद्ध नेपालको सपना’ शीर्षकको कविताबाट रेजिना आपगाईले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।
प्रत्येक वर्ष असारमा आयोजना हुने महोत्सव यस वर्ष भने कोभिड महामारीका कारण मंसिरमा आयोजना भएको हो । देशभरबाट प्राप्त पाँच सयभन्दा बढी कवितामध्येबाट तीस कविता अन्तिम चरणका लागि छनोट भएका थिए ।
पुरस्कृत कविहरूलाई राष्ट्रपतिको समय मिलाएर एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिने प्राज्ञ सभा सदस्य तथा प्रतिष्ठानका संयोजक कवि शशी लुमुम्बुले जानकारी दिए । प्रतिष्ठानले यस वर्ष पुरस्कार रकम बढाएर पचास हजार पुर्याएको थियो । पुरस्कृत कविहरूले क्रमशः पचास हजार, चालीस हजार, तीस हजारको साथमा पदक र प्रमाणपत्र पाउनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया