आज कांग्रेसले सरकारविरुद्ध देशभर शक्ति प्रदर्शन गर्दै
नुवाकोट । भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो ।
प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् । अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन् ।
अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् ।
‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग९यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो,’ अपिलमा भनिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया