नुवाकोटमा राजावादीको शत्ति प्रर्दशन
नुवाकोट । नुवाकोटमा राजाबादीहरुले मोटरसाइकल ¥याली निकालेका छन् ।
उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै विदुरदेखि बट्टारबजारसम्म प्रर्दशन गरेका हुन् । राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा नेकपा र नेपाली कांग्रेसमा आस्था राख्ने युवाहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा सहभागिहरुले राजा आउद देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए । राजावादीहरुको प्रदर्शनलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा प्रहरी परिचालन परिचालन गरेको थियो ।
¥याली नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गदै रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको राजसंस्थाले संकट परेको बेलामा नेपाल र नेपालीको रक्षा गरेको बताए । उनले नेपालमा राजतन्त्र अत्यन हुनुमा नेपालका नेताहरुलाई प्रभावमा पारेर डलरको खेती गरेको बताए । उनले सरकार र नेकपा पार्टी भ्रष्ट्राचारमा लिप्त भएको भन्दै जनताले खबरदारी गर्नुपर्ने बताए । उनले देशमा अन्याय अत्याचार बढेको भन्दै त्यसको विरुद्ध नागरिक समाज र जनताहरुले आवाज उठाउनुपर्ने बताए । उनले भ्रष्ट्राचार अत्यको लागि जनता र नागरिक समाजले आवाज नउठाउने हो भ्रष्ट्राचार नरोकिने बताए । डा. लोहनीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने मान्यतामा आफुहरु प्रष्ट रहेको बताए ।
कोणसभालाई सम्बोधन गर्दे वरिष्ट अधिवत्ता डा. वालकृष्ण न्यौपानेले नेपाली जनताले पार्टीमा विश्वास गर्न छाडेको भन्दै जनता सडकमा उत्रनुपर्नुे बताए । उनले नेपालमा रहेका कम्युनिष्टहरु कमाउनी भएको भन्दै जनता तिरेको करको सदुपयोग हुन नसकेको बताए ।
प्रदर्शनका क्रममा प्रर्दशनकारीले राजन्तत्रको विकल्प नभएको प्लेकार्ड समेत बोकेका थिए। राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले पनि अहिलेको व्यवस्थामा संकट आउन सक्ने नुवाकोटका अगुवाहरु बताउँछन् । प्रर्दशनको लागि भन्दै गाउँगाउँबाट मानिसहरु आएका थिए ।
मोटरसाइकल र्याली विदुरको लोकतानित्रक चौतारो्बाट शुरु भएर बट्टारमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा झण्डै २ हजारभन्दा बढीको सहभागिता रहेका आयोजकले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया