रसुवागढी हाइड्रोपावरको साधारणसभा आह्वान
विदुर खबर
२०७७ मंसिर २४ गते १६:०३
नुवाकोट । रसुवागढी हाइड्रोपावर कम्पनी (RHPL) ले आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको मंसिर २१ गते बसेको २२८ औं बैठकले साधारण सभा बोलाएको हो ।
कम्पनीले पुस २० गते विहान ११ बजे चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराही काठमाडौंमा आठौं वार्षिक साधारण सभा बोलाएको हो ।कम्पनीले साधारणसभामा संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को वर्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित जगद प्रवहा विवरण समेत पारित गर्ने प्रस्ताव गरेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागि हुन सक्नेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया