नेकपा नुवाकोटका नेताहरु गुटको गुणगानमा मग्न
नुवाकोट । केन्द्रमा देखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जिल्ला जिल्लामा पुगेको छ । यसको प्रभाव नुवाकोटमा पनि देखिएको छ । नुवाकोटमा प्रधानमन्त्री के.पी ओली र प्रचण्ड माधव नेपाल गुटका नेता तथा कार्यकर्ता आ आफ्नो गुटका् गुणगानमा मग्न बनेका छन् ।
नुवाकोटमा नेकपाको गुटगत विकृतीको स्वरुप चरम उत्कर्षकरुपमा देखा परेको छ । पछिल्लो समय नुवाकोटमा पहिलेको तुलनामा गुटगत स्वार्थमा रमाउने कार्यकर्ताको समेत वृद्धि भएको छ । सरकारले गरेको कामलाई पार्टीगत गरि जनतामाझ जानुपर्नेमा नेकपा नुवाकोटका नेताहरु भने आआफ्नो गुटका नेताहरुको कारण उपलब्धी हासिल भएको भन्दै अर्काे गुटको खोइरो खन्दै हिँडिरहेका छन् । यसको पछिल्लो उदाहरण गत साता एक प्रदेशसभा सदस्यले विदुर नगरपालिकाको वडा नम्बर १० मा औद्योगिक ग्राम बन्ने विषय सामाजिक संजालमा राखे ।
उनका गुटहरुले प्रदेशसभा सदस्यहको भजन किर्तन गाउँदै ति प्रदेश सभा सदस्य नभएको भए औद्योगिक ग्राम नै नबन्ने झै बखान गरे । फेरि अर्काे पक्षले फलानो सांसद र स्थानिय तहका प्रमुखको कारण औद्योगिक ग्राम संभव भएको भन्ने थाले । तर कुनैपनि पक्षले नेकपा सरकारको कारण जिल्लामा औद्योगिक ग्राम बन्ने अवस्था आएको भनेर भन्न सकेनन् । यस्तै केही समयअघि विदुर नगरपालिकाले पिसिआर परिक्षण ल्याब स्थापनाको तयारी हुँदा पनि गुटको विद््रप रुप नेकपाका नेताहरुले देखाएका थिए ।
केही महिना अघि जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले पार्टीका केन्द्रिय अध्यक्ष के.पी शर्मा ओलीमा जंगबहादुरको रुप देखिएको टिप्पणी गरेका थिए । उनको सो भनाई पछि नुवाकोटमा हंगामा मच्चिएको थियो । जिल्लामा केही लाखको योजना पर्दा समेत सिमित गुटका नेता कार्यकर्ताहरुले आफ्नै नेताको जयजय गाएर पार्टीलाई ओझेलमा पार्दै आएका छन् । पुर्व नेकपा एमाले र पुर्व माओवादी केन्द्रबीच चुनावी गठबन्धनको कारण जिल्लामा प्राप्त राजनितिक सफलतालाई जोगाई राख्न यस्ता गुटले पक्कै मद्धत भने नगर्ने सरोकारवालाहरु बताउँछन् ।
जिल्लामा यसअघि कहिल्यै राजनीतिक उपलब्धी प्राप्त हुनुमा चुनावी गठबन्धन नै हो भन्ने हेक्का नराखेकोले पार्टी एकीकरण हुँदा समेत मन एकीककरण हुन सकेको प्रष्ट देखिन्छ । पटिल्लो समय नेकपाभित्र जिल्लामा पनि चरम गुटबन्दी मौलाएको छ । यसले गर्दा जिल्लामा गुटको सक्रियता बढेको छ भने पार्टीको सक्रियतामा कमि आएको छ । पाटीगतभन्दा गुटगत छलफल बढ्नुले जिल्लामा नेकपाको जिल्लामा आगामी दिन सुनौलो हुन नसक्ने स्पष्ट छ ।
एउटा गुटले अर्काेलाई खुईलाउने प्रवृतिले पार्टीमा गम्भीर संकट आउने निश्चित छ । एकले अर्काेलाई सत्तोसराप गर्ने, आफ्ना गुटका नेता राम्रो र अर्काे गुटका नेता नराम्रो भन्ने प्रवृतिले समग्रमा जिल्लाको राजनितिक भविष्य संकटमा पर्ने सरोकारवालाहरु बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया