नुवाकोटमा आज १४ जना कोरोना संकमित थपिए
नुवाकोट । नुवाकोटमा आज १४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगपालिकाका १० जना, लिखु गाउँपालिकामा ३ जना र बेलकोटगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्र्रमितको संख्या ८ सय २६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका २२ जना कोरोना संक्रमित निको भएर घर फर्किएको खनालले बताए । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ सय ८९ पुगेको छ ।
हालसम्म नुवाकोटका ७ हजार ५ सय ५७ जना जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको एक महिलाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया