थानसिंङ कृषि सहकारीद्धारा ९ जना कृषकलाई सम्मान
नुवाकोट । नुवाकोटको लिखु गाउँपालीका वडा नं ६ मा रहेको थानसिङ्ग कृषि सहकारीले ९ जना कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
पुरस्कृत हुने कृषकहरुमा सुर्यगढि गाउँपालिका वडा नम्बर ५ का शुशिला माया श्रेष्ठ, शुसिला कार्की, पन्चकन्या गाउँपालिका वडा नमबर १ का विष्णुवहादुर थापा , वडा नम्बर २ का फत्त बहादुर मिजार र लोकनाथ गौतमलाई सम्मानित गरिएको छ । यस्तै सम्मानित र पुरस्कृत हुने अन्यमा लिख गाउँपालिका वडा नम्बर ३ का तुलशा नेपाल , वडा नम्बर ४ का राजु मानन्धर रहेका छन् । उनीहरुलाइृ पुरस्कार स्वरुप आवश्यक पर्ने विभिन्न कृषि औजारहरु स्पेयर, हजारीया, तरकारीको विउ विजन , तरकारी उत्पादन बढाउन प्रयोग गरीने भिटामिन, उत्पादन रेकर्ड र हिसाब किताब राख्नको लागि क्याल्कुलेटर तथा विभिन्न कृषि सामग्री वितरण गरिएको सहकारीले जनाएको छ ।
पुरस्कार प्राप्त गर्ने कृषकहरु सबैले नयाँ प्रविधि अपनाएर कृषि कार्य गर्दै आएको र तरकारी उपज उत्पादन गरि बक्री गरी आम्दानी गर्न थालेका छन् । पुरस्कार वितरणका क्रममा सहकारीका अध्यक्ष दिपककुमार पन्त, कोषाध्यक्ष नुतनराज पन्त लगायतका सन्चालक समितिले अबका दिनमा पनि कृषकहरुलाई उत्पादनमा बढावा दिन आग्ह गरे् ।
सहकारीले एक बर्षअघि किसान २ परियोजनाको साझेदारमा ३२ वटा समुह गठन गरी विभिन्न कृषि तालिम दिंदै आएको छ । सहकारीले २ जना कृषि प्राविधिक राखी ३२ वटानै समुहमा कृषि नर्सरी तालिम, विभिन्न नयाँ नयाँ प्रविधिको प्रयोग गरी प्रदर्शिनी कार्यक्रम लिखु पन्चकन्या सुर्यगढि ककनी गाउँपालिका विभिन्न वडाहरूमा सन्चालन गर्दै आएको छ ।
सहकारीले हाल ४ गाउँपालिकाका ८ सय घरधुरी कृषकहरुसंग प्रत्यक्ष रूपमा सहभागी भई व्यावसायिक कृषक उत्पादन कार्यक्रम सन्चालन गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया