नुवाकोटमा पिसिआर परिक्षण बन्द
विदुर खबर
२०७७ मंसिर ८ गते २०:३२
नुवाकोट। त्रिशुली अस्पतालमा मङ्गलबारदेखि अर्को सूचना नभएसम्मको लागि नमुना स्वाब परीक्षण बन्द गरिएको छ।
सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै कोभिड-१९ पिसिआर परीक्षणको लागि प्रदेशस्तरीय कोभिड-१९ प्रोटोकल अनुसार नमुना स्वाब संकलन गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएअनुसार अस्पतालमा हुने स्वाब सङ्कलन कार्य मङ्सिर ९ गतेदेख अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट (मेसु) डा. दिपेन्द्र पौडेलले जानकारी दिए ।
अस्पतालमा उपचारको लागि आकस्मिक अवस्थामा आएका, भर्ना भएका, अपरेसन गर्नुपर्ने तथा ओपिडी सेवामा आएका बिरामीको प्रोटोकल अनुसार चिकित्सकको सिफारिसको आधारमा स्वाब संकलन हुने विज्ञप्तिमा भनिएको छ
यसअघि अस्पतालले हरेक सोमबार र बिहिबार स्वाब परीक्षण गर्दे आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया