नुवाकोटकी रजनी मिस युनिभर्स नेपालको शीर्ष ५० मा छनोैट
नुवाकोट। नुवाकोटकी रजनी मिश्र चौधरी ग्रुपको प्रायोजनमा ब्रेभ बोल्ड ब्युटिफुल लिमिटेडले संचालन गरिरहेको यस बर्षको मिस युनिभर्स नेपाल प्रतियोगिताको शीर्ष ५० मा छनौट भएकी छिन् ।
करिब पाँचसय प्रतियोगिहरु मध्ये शीर्ष ५० मा छनौट भएकी पंचकन्या गाउँपालिका वडा नम्वर २ कबिलासकी २३ बर्षिया रजनी बुधबारबाट सुरु भएको भोटिङबाट हुने अर्को चरणको छनौट प्रकृयामा सामेल हुनेछिन् भने त्यसमा उत्कृष्ट बन्न सके शीर्ष १४ मा प्रबेश गर्नेछिन् ।
भारतको ईन्स्टीच्यूट अफ चार्टड एकाउण्टेण्टबाट चार्टड एकाउण्टेण्टको अन्तिम परीक्षाको तयारीमा रहेकी रजनीका पिता एवं समाजसेवी एवं सहकारी अभियन्ता बैकुण्ठ मिश्रले आफ्नी छोरीको सफलताले जिल्लाको गौरब समेत अभिबृद्धि हुने भएकाले सबैलाई भोटिङ प्रकृयामा सहभागी भईदिन आग्रह समेत गरेका छन् ।
बुधबारबाट सुरु भएको भोटिङ प्रकृया आगामी मंसिर ११ गतेसम्म जारी रहनेछ भने रजनीलाई भोटिङ गर्न मिर्स युनिभर्स र खल्ती एपको प्रयोग गर्न सकिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने
बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु





प्रतिक्रिया