नुवाकोटका ३ सय ८७ जना कोरोनामुत्त भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकाका २१ जना, बेलकोटगढी नगरपालिकाका ७ जना, तारकेश्वर गाउँपालिकाका ६ जना, लिखु गाउँपालिकाका एकजना र पन्चकन्या गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका २२ पुरुष र १५ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगे नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका ७ हजार एकसय ६१ जनाकाृ पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै नुवाकोटका ३ सय ८७ जना कोरोनामुत्त भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ५६ जना कोरोनामुत्त भएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
हालसम्म नुवाकोटमा एक महिलाको कोरोनाको कारण ज्यान गएको कार्यालयको भनाई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया