चिलिमे हाइड्रोपावरको नाफा बढ्यो

विदुर खबर २०७७ कार्तिक २७ गते ७:५३

नुवाकोट । हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Advertisement

विद्युत बिक्री बढेपछि चिलिमेको नाफामा गत वर्षको सोही अवधिको तुलनामा २.८७ प्रतिशतले वृद्धि भएको छ। गत आवको पहिलो त्रैमासमा कम्पनीले २१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३.६९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ३५ करोड १० लाख रुपैयाँ कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३६ करोड ३९ लाख रुपैयाँ कमाएको हाे।

अहिले विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र गत वर्षको तुलनामा अधिक विद्युत खरिद भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी बढेको कम्पनीले जनाएको छ।

Advertisement

त्यस्तै, कम्पनीको ब्याज आम्दानी ७१.८५ प्रतिशतले बढेको छ। कम्पनीले प्रतिबद्धता जनाए अनुसार सहायक कम्पनीमा लगानी गरिसकेकोले बैंक मौज्दात बढ्न जाँदा ब्याज आम्दानी बढेको हो। चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा छ। गत आर्थिक वर्षको तुलनामा पूँजी बढेकोले कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ। गत आर्थिक वर्षको यसै अवधि सम्म्मा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २४ पैसा थियो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा छ।

Advertisement

प्रतिक्रिया