विदुर नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति करको विरोध, कर्मचारीले हातपात गर्न खोजेको आरोप
विदुर÷विदुर नगरपालिका वडा नं ५ का स्थानियबासीहरुले विदुर नगरपालिकाले नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले एकीकृत सम्पत्ति कर बढाएको र त्यो अवैज्ञानिक भएको भन्दै त्यसको विरोधसहित आज विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गिता दाहालको ध्यानाकर्षण गराएका छन ।
विदुर नगरपालिकाका वडाध्यक्ष शिवकुमार चित्रकारसहित आएको स्थानियवासीको टोलिले नगरपालिकाले स्थानिय तथा जनताको क्षमता र हैसियत भन्दाबढि भएको भन्दै त्यसको विरोध गरेको बताएका छन । हामी कर तिर्नुपछर्ने पक्षमा छौ र तिर्छौ पनि तर त्यो हाम्रो हैसियतभन्दा बढि भयो भन्ने हाम्रो माग हो नेकपाका नेता तथा स्थानियबासी लिलानाथ न्यौपानेले बताउनुभयो । सकारात्मक विकास र कर तिर्नुपर्ने मान्यातामा आफुहरु पनि रहेको भन्दै न्यौपानेले जग्गा नै बेचेर कर तिर्नुपर्ने अवस्था त्यहि उचित र जनताको भावना अनुसारको काम नभएको बताउनुभयो ।
स्थानीयबासीले नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर जनताको हितमा नभएको र आफुहरुले बढाएको कर नर्तिर्ने भन्दै तत्काल निर्णय सच्याउन विदुर नगरपालिकाका मेयर संञ्जु पण्डित र उपमेयर गिता दहाल अर्यालसँग माग गरेका छन । स्थानियबासीले नगरपालिकालाई बढेको एकीकृत सम्पत्ति कर हटाउन एकहप्ते अल्टिमेटम दिएका छन । एकहप्तासम्म पनि मागको सुनुवाई नभए नगरभित्रका सबै वडाका जनताहरु ल्याएर आन्दोलन गर्ने चेतावनि दिएका छन । स्थानियवासी हरिणशरण गजुरेलले आफुहरुले मेयर पण्डितलाई एक हप्ताको समय दिएको बताउँदै भन्दै नसच्चाए चुप लागेर बस्न सक्ने अवस्था नरहेको बताउनुभयो ।
विदुर नगरपालिका वडा नं ५ का सामाजिक अभियन्ता राजकुमार अर्यालले विदुर नगरपालिकाले अवैज्ञानि ढंगले कर लगाएकोले आफुहरु विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँले आफहरु कर तिर्ने नागरिक रुपमा चिनिन चाहेको भन्दै नगरपालिकाले तत्काल लगाएको कर खारेज गरि सच्चाउन माग गरे । त्यस्तै लगाातार १३ वर्ष आफुले पाँचवटा लालपुर्जाको करवापत १३ सय १० रुपैयाँ कर तिर्ने गरेको तर अहिले एकीकृत सम्पत्ति कर नगरपालिकाले बढाएको र त्यसको कर बापत ३५ हजार रुयैया कर तिर्नुपर्ने अवस्था आएको
विदुर नगरपालिका वडा नं ५ का स्थानिय तथा एकिकृत राप्रपाका नुवाकोटका अध्यक्ष राकृष्ण भट्टले बताए । भट्टले आफुले नगरपालिकाले बढाएको एकीकृत सम्पत्ति करको रसिद समेत नलिई नगरपालिकाका मेयर समक्ष गुनासो गर्न आएको बताएका छन । तर विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आफुहरुले कर नबढाएको र पुर्व घोषित करको निर्णयलाई लागु गर्न आफुहरुले शुरु गरेको बताएका छन । मेयर पण्डितले एकीकृत सम्पत्ति कर सबै वडाका वडाध्क्षहरुसँगको समन्वयमा लाग गर्न लागेको र नगरपरिषबाट नै पास भएको भन्दै तत्काल विशेष नगरपरिषद बोलाएर मात्र सो संशोधन हुने बताएका छन । विदुर नगरपालिकाले केहीमहिना अघि नगरसभा गरि आर्थिक वर्ष २०७५÷७६ को लागि एकीकृत सम्पत्ति कर बढाएको थियो । नगरपालिकाले कर बढाएसँगै आहिले नगरपालिका र जनप्रतिनिधिहरुको चौतर्फि आलोचना हुने गरेको छ ।
यसैबिचि विदुर नगरपालिका वडा नं ५ का स्थानियबासीहरु नगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर विरोध गर्न नगरपालिका कार्यलय जाँदा केही कर्मचारीले स्थानियबासी माथि हातपातको प्रयास गरेको स्थानियवासीले आरोप लगाएका छन । आफुहरुको माग शुनुवाई गर्नको साटो नगरपालिकाको कर्मचारीले आफुहरुलाई हातपातको प्रयास हुँदा मेयर तथा उमपेयर मौन बसेको भन्दै उनीहरुले दुख व्यत्त गरेका छन । तर विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थानियवासीमाथि नगरपालिकाका कुनैपनि कर्मचारीले हापातको प्रयास नगरेको भन्र्दै उल्टै नगरपालिकाका कर्मचारी स्थानियवाासीले हातपातको प्रयास गरेको बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया