पुनर्निर्माण अनुदान लिने अन्तिम समय पुस १५
नुवाकोट । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तोकेको छ । प्राधिकरणको कार्यकारी समिति बैठकले शुक्रबार यससम्बन्धी निर्णय गरेको हो ।
नयाँ समयसीमाअनुसार हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ता लिइसकेका लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता लिन २०७८ वैशाख मसान्तसम्ममा सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ ।
प्राधिकरणको कार्यावधि नै सकिन लागेकाले यो अन्तिम समयसीमा तोकिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया