आज नुवाकोटमा थपिए सातजना कोरोना संक्रमित
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिका,ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ५ पुरुष र ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकामा एक÷एक जना कोरोना संक्रमित भेटिएका हुन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ । जसमध्ये एकसय ८५ पुरुष र ५५ जना महिला रहेका छन् ।
यसैविच पछिल्लो २४ घण्टामा नुवाकोटका एक जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कार्यालयका सुचना अधिकारी खनालका अनुसार यसँसैगै जिल्लाका एक सय ३९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
त्यस्तै जिल्लाका एकसय ४ जना कोरोना संक्रमित अस्पतालको आइसोलेसन वार्ड, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया