नुवाकोटमा कोरोना संक्रमित कति पुगे ?
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ३० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिका ४ पुरुष र किस्पाङ गाउँपालिकाका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै जिल्लाको कोरोना निको भएर घर जानको संख्या एकसय ३४ पुगेको छ । यस्तै जिल्लामा ९६ जना संक्रिय कोरोना संक्रमित रहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार अस्पतालको आइसोलेसनमा १९ जना,आइसोलेसन सेन्टरमा रहेका १७ जना र होम आइसोलेसनमा रहेका ६० जना उपचाररत रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा ५ हजार २ सय ५१ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया