बजेटको सदुपयोग गराउन नागरिकको सक्रिय सहभागिताको आवस्यक : छत्र लामा
यतिबेला कोरोना भाईरसको महामारीले गर्दा हाम्रो समुदाय जोखिममा छ । कोरोना भाईरसको यो महामारी नियन्त्रणमा यति बेला सबैको ध्यान त्यतातिर छ । स्थानीय तहले पनि यसको रोकथाम तथा नियन्त्रणका लागी विभिन्न कार्य गरिरहेका छन । साथै कोरोना महामारीका बिच स्थानीय तहले आर्थीक वर्ष २०७७÷०७८ को बेजट तथा कार्यक्रम पनि ल्याईसकेका छन । एकातिर कोरोनाको संकट छ भने आर्थीक वर्ष २०७७÷०७८ को योजना कार्यान्वयनमा लैजानु पर्ने चुनौति पनि स्थानीय तहलाई छ । हुनत अघिल्ला वर्षहरुमा पनि योजना कार्यान्वयन समयमै सुरु नहुँदा आएका कार्यक्रम तथा बजेट फ्रिज जाने गरेको थियो । यो पाली परिस्थित झन फरक छ । यो वर्ष पनि बजेट तथा योजना कार्यान्वयनको अवस्था पहिलेका वर्ष झै ढिलो गरी सुरुहुने देखिएको छ । आर्थिक वर्षको ४ महिना बितिसकेको अवस्थामा, योजना कार्यान्वयनको अवस्था के छ ? सुरुभयो कि भएन ? कोरोना रोकथाम तथा नियन्त्रणकासाथै योजना कार्यान्वयनको काम कसरी अघि बढीरहेको छ लगायतका विषयमा किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र लामासँग गरिएको कुराकानी ।
चालु आर्थिक वर्षको समग्र बजेट र प्राथमिकतामा परेका योजनाहरुको बारेमा छोटो बताईदिनुस् न ?
चालु आर्थिक वर्षमा विशेष गरी कोभिड लक्षित बजेट निर्माण गरेका छाँै । त्यसमा बिशेष गरी हामीले स्वास्थ्य, सरसफाई र जनचेतनाको कुरा त छदै छ, विगतमा पनि गर्दै आएका हौँ । अहिले पनि त्यस सम्वन्धी कार्यक्रमहरु समावेश गरेका छौँ । अझ त्यसलाई थप प्रभावकारी ढङ्गले अगाडी बढाउनको लागी हामी प्रयत्न गरिरहेका छौँ । कोभिडको कारण वैदेशिक रोजगारमा रहेका र अन्य विभिन्न शहरमा रोजगारको क्षेत्रमा कार्यरत रहेका युवाहरु रोजगार गुमाएर आएका छन् । उनीहरुलाई समेटेर युवा लक्षित कार्यक्रमहरु पनि ल्याएका छौँ । त्यस्ता कार्यक्रमहरुमा युवाहरुलाई परिचालन गरेर थोरै भए पनि राहत पुग्ने किसिमले बजेट निमार्ण गरेको छौ । विभिन्न किसीमको सुधारात्मक कार्यक्र्रमहरु छन्, जसमा युवाहरुकोे प्रत्यक्ष संलग्नता रहनेछ ।
बजेट कति हो यो वर्षको ?
हाम्रो बजेट त समग्रमा हेदा ठूलो भोलम को देखिन्छ । ४३ करोड रुपैयाँ चानचुनको बजेट हो । यद्यपी हामीले विकास निमार्णमा लगानी गर्ने भनेको बजेट चार करोड रुपैयाँ मात्रै हो ।
अनि स्थानीय तहमा योजना कार्यान्वयनको काम सुरु भइसकेको छ कि छैन ?
योजनाहरु कार्यान्वयन हुन थालिसकेको छ । विशेष त हामीले सानातिना योजनाहरु जुन चाहिँ वर्खाको बेलामा बाढीपहिरो लागेर बन्द भए त्यसलाई सुचारु गर्न थालिसकेका छौँ । त्यो सँगै साना लगानीका योजनाहरु दशै अगाडी नै कार्यान्वयनको चरणमा लैजाने, मिडियम खाले योजनाहरु तिहार अगाडी र बाँकी योजनाहरु तिहार पछाडी मात्र कार्यान्वयनको लागि प्रक्रिया अगाडी बढाइने गाउँपालिकाको लक्ष्य रहेको छ ।
दशै अगाडी, तिहार अगाडी र तिहार पछाडी योजनाहरु कार्यान्वयनको चरणमा लैजाने भनेर जुन योजना छ गाउँपालिकाको । लक्ष्य अनुसार काम सम्पन्न गराउनको लागि गाउँपालिकाको विशेष पहल के छ ?
अघिल्ला वर्षहरुमा संघ प्रदेशबाट प्राप्त हुने योजनाहरु माघ फागुन सम्म पनि आएको हुदैन थियो । संघ, प्रदेशबाट विभिन्न अनुदानबाट प्राप्त गर्छौ । वित्तिय समानिकरण, राजश्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान, शसर्त अनुदान लगायतका अनुदानहरु प्राप्त गर्छौ । संघ र प्रदेशबाट योजनाहरु छनौट भइसकेको कारणले कुनै पनि अन्योलता छैन । त्यस सँगै गाउँपालिकामा अहिले कर्मचारीको अभाव रहेको छैन । कर्मचारी प्रयाप्त भएको कारण प्राविधिक कामहरु सकिसकेको अवस्था छ । कार्यन्वयन चरणमा जानलाईे प्राविधिक, मानसिक, प्रशासनिक रुपमा पुर्ण रुपमा तयार भएर बसेका छौ
योजनाहरु कार्यान्वयनमा लैजानको लागि देखिएका चुनौति कत्तिको छ ?
संघ र प्रदेशबाट जति पनि योजनाहरु गाउँपालिकामा भित्रिएको छ । त्यसको बजेट समयमा नै प्राप्त गर्न सक्छौँ कि सक्दैनौँ भन्ने अन्यौलता अझै छ । राज्यको ढुकुटीमा पैसा जम्मा भयो भने त हामीले प्राप्त गर्ने हो नि । अघिल्लो वर्षको अनुुभवलाई हेर्ने हो भने राजस्व वाडफाडको पैसा आधा मात्र प्राप्त भयो । राजस्व बाडफाडको लगभग ५ करोड ४१ लाख रुपैयाँ गत वर्षको सिलिङ थियो, त्यसमा हामीले ३ करोड रुपैयाँ पनि प्राप्त गर्न सकेनौँ । यो वर्ष कोरोना भाइरसको कारण लामो समय देशमा लकडाउन भयो । हाल देशमा लकडाउन छैन तर आर्थिक गतिविधिले समान्य रुप लिन सकेको अवस्था छैन । त्यसकारण हामीले प्राप्त गर्ने वित्तिय समानिकरण, राजश्व बाँडफाँड लगायतका बजेट समयमा नै प्राप्त गर्न सकिन्छ कि सकिन्न भन्नेमा एउटा चुनौती छ । हामीले योजनाहरु बनाएर कार्यान्वयन तर्फ लागेका छौँ । तर कोरोना भाइरसकै कारण थप लकडाउन भएर निर्माण सामाग्रीको अभावमा काम गर्न नसकिने हो कि भन्ने डर अझै छ ।
योजना कार्यान्वयनको सन्दर्भमा कुनै असर नपरोस् भन्नको लागि अन्य स्थानीय तहको तुलनामा तपाईको स्थानीय तहको फरक शैली केही छ ?
स्थानीय तहहरुले संविधानलाई टेकेर योजना कार्यान्वयन गर्ने हो । असारमा बजेट सार्वजनिक गरेर साउन महिना भरिमा खरिदका योजनाहरु तयार पार्नुपर्छ । कानुन अनुसार खरिद योजना तयार पारिसकेपछि सम्वन्धित कर्मचारीहरलाई अभिमुखिकरण गराएर राख्नुपर्छ । यो विषय अन्य स्थानीय तहमा भएको छ या छैन जानकारी छैन तर हाम्रो स्थानीय तहले खरिद योजनाहरु तयार पारेर प्राविधिकलाई तयार पारिसकेका छौँ । हामीले ल्याएको योजना कुन ठेक्का प्रणालीबाट गर्ने, कुन उपभोक्ता समितिबाट गर्ने त्यसलाई हामीले विभाजन गरिसकेका छौँ । दुवै प्रणालीबाट कार्यान्वयन गरिने योजनाहरुको प्रक्रिया अघि बढिसकेको छ ।
योजना कार्यान्वयनको सन्दर्भमा रहेर तपाईको स्थानीय तहका नागरिकहरुले कसरी सघाइरहेका छन् ?
कोरोना भाइरसको कारण वैदेशिक रोजगारमा रहेका देखि सहर बजारमा रहेका नागरिकहरु गाउँमा फर्किको अवस्था छ । स्थानीय तहको योजनाहरुमा प्रत्यक्ष संलग्न भएर कार्यान्वयन गराउनको लागि उहाँहरुले झक्झकाइरहनुभएको छ । आफ्नो ठाउँको विकास आफैले गरौँ भन्ने उहाँहरुको विचार हो । त्यहि अनुसार नै गाउँपालिकाले विभिन्न खाले योजनाहरु ल्याएको छ तर सबै योजनाहरु तत्काल सम्पन्न गर्न सकिदैन । नागरिकलाई काम लगाए पछि दाम दिनु पर्छ तर समयमा नै हामीले भुक्तानी दिन सकेनौँ भने नकरात्मक सन्देशस जान्छ । त्यसैले हामी चरणवद्ध रुपमा नागरिकको यो खाले प्रतिक्रियालाई संवोधन गर्दै जानेछौँ । गाउँपालिका भित्रका नागरिकहरुले हामीलाई हरेक क्षेत्रमा सघाइरहेका छन् । सहकार्यमा नै काम भइरहेको छ ।
गाउँपालिकाको बजेट, योजनाको विषयलाई लिइर आफ्नो स्थानीय तहभित्रको नागरिकहरुलाई के भन्न चाहानुहुन्छ ?
जागरिकको माग बमोजिम नै हामीले बजेट ल्याएका छौँ । हामीसँग सिमित श्रोतसाधन छ । गाउँपालिकाभरिका सबै नागरिकहरुहरुले चाहेको जस्तो योजनाहरु ल्याउन सकेका छैनौँ । सबैले पूर्ण रुपमा लाभ लिन सक्नुहुन्न । तर पनि त्यसलाई हामी आगामी वर्षहरुमा संवोधन गर्दै जाने छौँ । हामीले बजेट र कार्याक्रम बनाएका छौँ तर हामीले चाहेर मात्र कार्यान्वयन हुन सक्दैन । नागकिहरुको सहयोग विना र प्रत्यक्ष सहभागिता विना कुनै पनि योजना सफल हुदैन । बजेट राज्यको, गाउँपालिकाको , वडाको तथा उपभोक्ता समितिको नभई तपाई हामीले नै तिरेको करबाट यो ठाउँको विकासको लागि आएको पैसा हो । व्यापार व्यवसाय सञ्चालन गरेको पनि छैन र कर पनि तिरेको छैन भन्नु होला तर सवारी साधनमा यात्रा गर्दा, घरमा विजुली बत्ती बाल्दा, हामीले खाने तेलदेखि लगाउने कपडा सम्ममा कर तिरेका छौँ । पाइलापाइलामा नागरिकले कर तिर्नुपरेको छ । त्यहि कर आफ्नो ठाउँको विकासको लािग भनेर बजेट आएको हो । त्यसको सहि रुपमा सदुपयोग गराउनको लागि नागरिकको सक्रिय सहभागिताको आवस्यक छ । आफ्नो ठाउँमा हुने सार्वजनिक हितका कार्यहरु यस्ले र त्यस्ले गर्ने हो नभनि आफै प्रत्यक्ष संलग्न भएर लाभ लिन तर्फ लाग्नु पर्छ ।
त्रिशुली खवर साप्ताहिकमा प्रकासित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया