हङकङका महावाणिज्य दुत उदय रानालाई नुवाकोट चेम्बरको विदाई
नुवाकोट । नुवाकोट चेम्बर अफ कर्मसले हङकङ तथा मकाउको लागि महावाणिज्य दुतमा नियुत्त भएका नवनियुत्त महावाणिज्य दुत उदय रानालाई विदाई गरेको छ । चेम्बरले महावाणिज्य दुत रानामगरलाई खादा तथा सम्मानपत्र समेत प्रदान गरेको छ ।
सोमवार विदुरमा एक कार्यक्रममको आयोजना गर्दै नुवाकोट चेम्बर अफ कर्मसले हङकङ तथा मकाउको लागि नियुत्त भएका महावाणिज्य दुत रानामगरलाई विदाई गरेको हो । कार्यक्रममा बोल्दै महावाणिज्य दुत रानामगरले आयातमुखि नभई निर्यातमुखि व्यापारमा जोड दिनुपर्ने बताए । उनले देशको व्यापार घाटा बढेको भन्दै आयातलाई दुरुत्साहन गरि निर्यात बढाउनुपर्नेमा जोड दिए । महावाणिज्य दुत रानाले सरकारमा मात्र समस्या नभएको भन्दै व्यवसायीहरुको आफ्नै कमजोरिका कारण देशमा लगानि भित्रन नसकेको उल्लेख गरे । उनले नेपालमा पर्यटनको निकै ठुलो संभावना रहेको भन्दै पर्यटन क्षेत्रबाट बढि लाभ लिन सकिने बताए । उनले आफ्नो जन्मथलो नुवाकोट भएकोले जिल्लालाई विषेष प्राथमिकता दिएर काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कविन्द्रमान प्रधानले नुवाकोटमा व्यापार व्यवसायको धेरै संभावना रहेको भन्दै त्यसका लागि सरकार र सम्बन्धित निकायले चासो दिनुपर्ने बताए । उनले चिनबाट आएका सामाग्री नुवाकोटको बाटो हुँदै काठमाण्डौ गएपनि त्यसबाट नुवाकोटले फाईदा लिन नसकेको बताए ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थाई घर भएका रानाले यसअघि नुवाकोटको विभिन्न कार्यालयमा काम गरि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा समेत काम गरेका थिए । उनी आगामी तिहारपछि कार्यक्षेत्रमा जाने बताइएको छ ।
कार्यक्रममा नुवाकोट चेम्बर अफ कर्मसका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया