नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६१ पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ६१ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटको विदुर नगरपालिकाका २७ वर्षिय एकजना पुरुषमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकसय ६१ पुगेको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले नुवाकोटमा दिनप्रतिदिन कोरोना संक्रमित बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । उनले जिल्लामा हरेक दिन संक्रमित बढी रहेको र नेपालीहरुको महान चाडपर्व समेत नजिकिएकोले उच्च सावधानी अपनाउन आग्रह गरेका हुन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल सं्रकमितमध्ये एकसय २१ पुरुष र ४० जना महिला रहेका छन् । संक्रमितमध्ये एकसय १९ जना निको भएर घर फर्किसकेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । खनालका अनुसार २४ जना संक्रमितको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा र बाँकी एक जनाको खरानीटार अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
हालसम्म नुवाकोटमा ५ हजार ६८ जनाको पिसिआर परिक्षण भएको छ भने ४ हजार ८ सय ५० जनाको पिसिआर परिक्षण हुँदा २ सय १७ जनाको रिर्पाट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालउ नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया