नुवाकोटे साहित्यकार श्रीराम श्रेष्ठको तीन कृति सार्वजनिक
नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गर्नुभयो । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।
विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गर्नुभयो । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उहाँले चर्चा गर्नुभयो । यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गर्नुभयो ।
यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गर्नुभएको थियो । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राख्नु भएको थियो । कार्यक्रम साहित्यकार लव गाउँलेले सञ्चालन गर्नुभएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












भोटेकोशी बाढीको ९० दिन : न पुल बन्यो, न विस्थापितको पुनर्वास
सरकारलाई गगनको चेतावनी– पक्राउ गर्ने भए हतकडी लिएर आउनु
नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा बाढी प्रभावित विद्यार्थीलाई साढे १५ लाख सहयोग
चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
एकीकृत तथ्याङ्क संकलन गर्न भोटेकोशी–त्रिशूली बाढी पीडितको माग





प्रतिक्रिया