ओलीले गुटका नेता र प्रचण्डले बुहारी छाड्न नसक्दा मन्त्रीमण्डल पुनर्गठनमा बिलम्ब
नुवाकोट । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग केही मन्त्रीहरुलाई विदा गर्ने र थप्ने नयाँ अनुहारहरुमा सहमति हुन नसक्दा आज हुने भनिएको मन्त्रीमण्डल पुनर्गठन पर सरेको छ ।
प्रचण्डसँग आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले आजै बेलुकासम्म मन्त्रीमण्डल पुनर्गठनको काम सक्ने र भोलि नयाँ मन्त्रीहरुको सपथ गराउने भनेका थिए । तर, दुई शीर्ष नेताबीच केही नाममा सहमति बन्न नसक्दा प्रमले चाहेर पनि अगाडि बढ्ने आँट नगरेका हुन् ।
ओलीले प्रचण्डनिकटका मन्त्रीहरुलाई पनि फालेर नयाँ अनुहार भित्र्याउने प्रस्ताव गरे पनि त्यसमा प्रचण्डले असहमति जनाएका बुझिएको छ । ओलीले आफ्ना प्रिय पात्रहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेतालाई दोहोर्याउने बताएका थिए । त्यस्तै, पछिल्लो समय ओलीलाई साथ दिएका पूर्व माओवादीका नेताहरु रामबहादुर थापा, लेखराज भट्टलाई समेत निरन्तरता दिने ओलीको प्रस्ताव थियो ।
प्रचण्डले भने रामबहादुर थापालाई विदा दिनुपर्ने अडान लिएका थिए । उनी मन्त्रीमण्डल पुनर्गठन हुँदा थापा नदोहोरिउन् भन्ने चाहन्छन् । प्रधानमन्त्रीले प्रचण्डका प्रिय मानिने उर्जामन्त्री वर्षमान पुनलाई समेत विदा गर्ने मन्त्रीको सूचीमा राखेपछि उनी रिसाएका बुझिएको छ । यस्तै, प्रचण्डले यो पटक पनि बुहारी बिना मगरलाई निरन्तरता दिनुपर्ने अडान छाडेका छैनन् ।
यिनै विषयले गर्दा मन्त्रीमण्डल पुनर्गठन केही सरेको ओली निकट स्रोतहरुले दाबी गरेका छन् । अब फेरि प्रचण्ड र ओली बसेर नामहरुको विषयलाई फाइनल गरेपछि मात्र मन्त्रीमण्डल पुनर्गठन हुने बताइएको छ ।
ओली भरसक बुधबारअघि नै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा छन् । बुधबार पार्टी उपाध्यक्ष बामदेव गौतमको अदालती विवादको निक्र्यौल हुँदैछ। त्यसभन्दा अघि नै मन्त्रीमण्डल पुनर्गठन गरी बामदेवलाई मन्त्रीपरिषदमा सहभागी हुने बाटो छेक्ने दाउमा ओली र ईश्वर पोखरेल लगायतका नेताहरु रहेका आरोप लाग्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया