नुवाकोटका एकसय ११ जना कोराना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटमा हालसम्म एकसय ११ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका २ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लाबाट कोरोना निको भएर घर जानेको संख्या एकसय ११ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरिक्षक जर्नादन सिलवालले जानकारी दिए । निको भएर घर फर्कनेमा महिला भन्दा पुरुष बढी रहेका छन् । सिलवालका अनुसार निको भएर घर फर्कनेमा ८८ महिला र २६ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटमा अनुसार नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय २८ पुगेको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमित थपिएका हु्न् । जसमा विदुर नगरपालिकाका ४९ वर्षिय पुरुष रहेका छन् ।
उनी हाल त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेको कार्यालयको भनाई रहेको ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया