क्रिकेट खेलाडी कुशलको “नशालु तिम्रो आखाँ” सार्वजनिक (भिडियोसहित)
नुवाकोट । नुवाकोटका नवोदित गायक कुशल नेपालीको “नशालु तिम्रो आखाँ” बोलको गीतको म्युजिक सार्वजनिक भएको छ।
बंशिधर प्रोडक्सनमा निर्मित म्युजिक भिडिओ दामिज नुवाकोटको युटुब च्यानलबाट शनिबार सार्वजनिक भएको हो। गीतमा गायक स्वयम् कै शब्द रहेको छ भने अभिनय पनि उनकै रहेको छ । म्युजिक भिडिओमा गायक कुशलसहित नवकलाकार रोसेश पाण्डे, अन्जु लोप्चन र सुयोग कुमालको अभिनय रहेको छ।
म्युजिक भिडिओको निर्देशन तथा सम्पादन हेमन्त लोप्चनले गरेका छन् भने सिनेम्याटोग्राफी पनि उनकै रहेको छ। मिलन फिलिम्समा रेकर्डिङ भएको सो गीतको एरेन्ज पनि मिलन फिलिम्स कै रहेको छ। म्युजिक भिडिओमा नेपालकै दोस्रो लम्बाई भएको विदुर नगरपालिका-२ मा रहेको दरबार एडभेन्चर जीपलाईनको दृश्यको साथै नुवाकोट दरबार क्षेत्र र भैरवी मन्दिर परिसर लगायतको मनोरम दृश्यलाई समेटिएको छ।
विदुर नगरपालिका-४ बालुवाटारका स्थायी घर भएका गायक कुलश क्रिकेट खेलाडी पनि हुन्।
गीतको भिडियो यस्तो छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया