नमुना मैत्रि कृषक समुहको भवन शिलान्यास
किस्पाङ । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ खोलेवेशीमा रहेको नमुना मैत्रि कृषक समुहको भवन शिलान्यास गरिएको छ ।
किस्पाङ गाउँपालिका, सिडिसी नेपालको आर्थिक सहयोगमा निर्माण ह्न लागेको भवनको शिलान्यास प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा र सहकारीका अध्यक्ष कमानसिंह लामाले संयुत्त रुपमा गरेका हुन् । २९ लाख ८३ हजार ४८ रुपैयाँमा बन्न लागेको भवनमा किस्पाङ गाउँपालिकाले १२ लाख रुपैयाँ,सिडिसी नेपालले ११ लाख ८६ हजार ३ सय रुपैयाँ र स्थानियबासीको श्रमदानबाट ५ लाख ९६ हजार ७ सय ४८ रुपैयाँ जुटाइने सहकारीका अध्यक्ष कमानसिंह लामाले जानकारी दिए ।
भवन शिलान्यास कार्यक्रममा प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामाले भवन निर्माणसँगै किस्पाङबासीका कृषि उत्पादनहरुले बजार पाउने विश्वास गरे । उनले स्थानिय उत्पादनको बजारीकरणको लागि सडकसंजालले महत्वपुर्ण भुमिका खेल्ने भन्दै सडकको स्तरोन्नतिमा समेत ध्यान दिन गाउँपालिकाका अध्यक्ष छत्र लामाको ध्यानाकर्षण गरे । सांसद लामाले नुवाकोट तरकारीको पकेट जोन भएकोले यसको व्यवसायिक उत्पनदज गरि बजारीकरण गर्न सके कृषकको जीवनस्थर सुधार गर्न सकिने बताए ।
यस्तै कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाले गाउँपालिकाले कृषि र पशुपक्षींलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताए । लामाले गाउँपालिका नगदेबालीको लागि जिल्लाकै उत्कृष्ट ठाउँ रहेको भन्दै त्यसको भरपुर फाईदा स्थानियले लिनुपर्ने बताए ।
त्यस्तै किस्पाङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरहरी भट्ट, सिडिसी नेपालका अध्यक्ष नारायणप्रसाद नेपाल लगायतले कृषिको अनिवार्यतालाई आत्मसाथ गर्दै पुरै गाउँपालिकालाई केन्द्रमा राखेर कृषक समुहको भवन निर्माण गर्न लागिएको बताए । गाउँपालिका र स्थानियको सहकार्यमा निर्माण हुन लागेको सहकारीको भवनले आफुहरुको माग र आवश्यकतालाई पुरा गर्ने भन्दै स्थानियबासीहरुले खुशी व्यक्त गरेका छन् । करिव साढे दुई महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भवन ४ कोठे हुने सिडिसी नेपालका प्राविधिक दिनेश प्रधानले बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य गगन लामा, सहकारीका कोषाध्यक्ष मुक्ति तामाङ लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया