संविधान दिवसमा मदन भण्डारी फाउन्डेसन नुवाकोटको चियापान
नुवाकोट । संविधान दिवसको अवसर पारेर मदन भण्डारी फाउन्डेसन जिल्ला कार्यसमति नुवाकोटले चियापान कार्यक्रमको आयोजना गरेको छ ।
चियापान कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका अध्यक्ष तथा बाग्मति प्रदेशसभाका सांसद हिरानाथ खतिवडाले जनताको लामो बलिदानपछि मुलकले संविधान पाएकोले यसको रक्षार्थ सबै एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै बाग्मति प्रदेशसभाका सदस्य केशव पाण्डेले ऐतिहासिक संविधानसभाबाट निर्माण भएको भई संविधानले नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएकोले सबै मिलेर त्यसको कार्यान्यनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा बाग्मति प्रदेशसभाका सदस्य बद्री मैनाली, नेकपाकी नेतृ वृन्दा ढुङ्गाना, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकार लगायतले महामारीको परिस्थितिमा नयाँ आशा, नयाँ क्षीतिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयनमा राज्यका सबै निकायहरू एकजुट भएर लाग्नुपर्ने बताए ।
नेकपाको पार्टी कार्यालय विदुरमा आयोजना गरिएको चियापन कार्यक्रममा नेकपाकी नेतृ सुभद्रा नेपाल ,रामशरण प्याकुरेल र ठाकुर गजुरेल लगायतकोे उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया