भारतबाट नेपालको रेल नेपाली भूमिमा प्रवेश ग¥यो
नुवाकोट । जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।
अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् ।

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गको भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

(फोटो: रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया