विदुर नगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनमा भ्रष्ट्राचारको गन्ध
नुवाकोट । विदुर नगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनमा भष्ट्राचारको आशंका गरिएको छ ।
नगरपालकाले नियम र कानुनलाई मिचेर स्वास्थ जस्तो संबेदनसिल क्षेत्रमा यसरी कमिसन खान लागेको भन्दै चर्काे आलोचना शुरु भएको छ । विदुर नगरपालिले गत साउन ३२ एक पत्रिकामा टेन्डर आहवान गर्दै ७८ लाख रुपैयाँमा पिसिआर मेसिन तथा उपकरण खरिदको लागि बोलपत्र आव्हान गरेको थियो ।
टेन्डर आहवान गर्दा सबैभन्दा कम मुल्यमा ठेक्का भरेका व्यवसायीलाई दिनुपर्ने सरकारी प्रावधानलाई लत्याउँदै ठेकेदार समेत रहेका विदुर नगरपालिकाका मेयर सुञ्जु पण्डितले मोटो रकम कुम्लाउँदै ७६ लाख तीन हजार रुपैयाँमा मेनका ईन्टर्प्राईजेज प्रालि थापाथली काठमाडौलाई टेन्डर सुम्पेका छन् । मेयर पण्डितले विज्ञको नाम दिएर मोटो रकम असुरलेर आफुले पाएको ठेक्का अरुलाई नै दिएको आरोप बसन्तराज केशीले लगाएका छन् ।
केशीले समयसिमा भित्र दर्ता भएको बोलपत्रहरु खोल्दा आफु संलग्न भएको ई कन्सेप न्युरोड काठमाडौले सबैभन्दा कम मुल्य अर्थात ६१ लाख रुपैयाँमा हालेको ठेक्कालाई नगरपालिकाले अस्वीकार गरि अरुलाई दिएको बताए । उनले नगरपालिकाले विभिन्न बहाना बाजिगरि बोलपत्र खोलिसकेपछी अरुलाई ठेक्का दिएको बताए ।
यस विषयमा नगरपालिका भने मौन वसेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया