पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलमा होटल व्यवस्थापन, बाली र पशु विज्ञान पढाइ हुने
नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)ले शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थानको कार्यक्रम स्वीकृत गरेको हो । सीटीभीटीले यसै वर्ष स्थापना भएको पूर्ण सरकारी शिक्षालयमा अध्ययन हुने विषयका लागि कोटा समेत निर्धारण गरेको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका निजी सचिव विनोद न्यौपानेका अनुसार बाली विज्ञानमा ४० जना विद्यार्थी, पशु विज्ञानमा ४० जना विद्यार्थी र होटल व्यवस्थापनमा ४० जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन । तीनै शैक्षिक कार्यक्रम तनी वर्षका रहेका छन ।
तत्कालका लागि शिक्षालयको आफ्नै भवन नभएकाले शैक्षिक कार्यक्रम त्रिभुवन त्रिशुली क्यापसको भवन उपयोग गर्ने र त्यसका लागि जिल्ला समन्वय समितिले समन्वय गर्ने निर्णय यसअघि नै भैसकेको छ । शिक्षालयको स्थायी भवन विदुर नगरपालिका वडा नम्बर १ को सिमुटारमा बनाउने विषयमा यसअघि निर्णय भएको थियो ।
सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया