रसुवाका चीज उत्पादन केन्द्रहरूद्वारा चीज उत्पादन बन्द

विदुर खबर २०७७ भदौ २२ गते १५:३०

रसुवा ।  वार्षिक १२ हजार किलो चिज उत्पादन क्षमताको पाङ्लेखर्क चिज उत्पादन केन्द्रले आफ्नो उत्पादन बन्द गरेको छ ।

Advertisement

उत्पादन भएको चिज स्थानीय बजारमा बिक्री नहुने, दुग्ध विकास संस्थानले चिज नलगेको र भण्डारण क्षमता कम भएका कारण उत्पादन बन्द गरेको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ढिलो गरी चिज उत्पादन भएको भएपनि गत वर्षको तुलनामा १ हजार किलो चिज उत्पादन हुने अनुमान गरिएको थियो ।

असोज मसान्तसम्म दुध संकलन हुने र चिज उत्पादन गर्न सकिने भएकाले उत्पादन भएको चिज खपत भएमा पुनः चिज उत्पादन सुरु गरिने केन्द्र प्रमुख जीतबहादुर जिरेलले बताउनुभयो । ‘उत्पादन भएको चिज राख्ने ठाउँ नभएपछि हामीले उत्पादन बन्द गरेका हौं’, उहाँले भन्नुभयो, ‘अहिले उत्पादन भएको चिज जोगाउन पनि कठिन छ ।’ भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । यसले पनि उत्पादनमा प्रत्यक्ष असर पु¥याएको छ । केन्द्रका अनुसार यसपटक ६ हजार ६ सय ८ किलो चिज उत्पादन भएको छ । जसमा २ हजार ९ सय ७९ किलो चिज संस्थानमा लगिएको छ ।

Advertisement

स्थानीय बजारमा चिज खपत नहुने भएको उत्पादन भएको चिज संस्थानमा नै पु¥याउन पर्ने उहाँको भनाइ छ । कोभिड–१९ का कारण बिक्री कम भएपछि पछिल्लो समय संस्थानले प्रतिकेजी २ सय रुपैयाँ घटाएको छ । पहिले १ हजार ८ सय रुपैयाँमा चिज बिक्री हुँदै आएकोमा अहिले १ हजार ६ सयमा चिज बिक्री भइरहेको छ ।

जिल्लामा अहिले एउटा निजी सहित ७ वटा उत्पादन केन्द्र सञ्चालनमा छन् । चिज खपत नभएका कारण सबै उत्पादन केन्द्रले चिज उत्पादन बन्द गरेका छन् । यसले कृषकलाई ठुलो समस्या परेको छ ।

Advertisement

प्रतिक्रिया