नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय नजिक पुग्यो
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय नजिक पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एकसय नजिक पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९७ पुगेको हो ।
खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ३ पुरुषसहित एक बालिकामा कोरोना संक्रमणको पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा विदुर नगरपालिकाका ३२ वर्षिय एक पुरुष, शिववुरी गाउँपालिकाका २८ र ६९ वर्षिय दुई पुरुष र तादी गाउँपालिकाका एक बालिका रहेका छन् । उनीहरुको काठमाण्डौमा रहेका विरेन्द्र सैनिक अस्पताल छाउनीमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
यस्तै नुवाकोटमा ७६ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किएको कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया