नुवाकोटमा निषेधाज्ञा उल्लघंन गर्ने ९० ओटा सवारीसाधन कारवाहीमा
नुवाकोट । जिल्ला ट्राफिक कार्यलय नुवाकोटले कोभिड(१९ संक्रमण रोकथामको लागि गरिएको निषेधाज्ञा लाई उल्लघंन गर्ने ८५ वटा मोटरसाईकलर र ५ वटा गाडि लाई आज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालयको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गरिरहेको समयमा अटेर गरि चलाइए का ८५ वटा मोटरसाइकल ५ वटा गाडि नियन्त्रण मा लिइएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक विकल भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार लकडाउनको समयमा सवारी साधनहरु लिएर हिड्न, अत्याबश्यक काम बाहेक सडक, चोक र विभिन्न स्थानहरुमा हिडेडुल गर्न समेत रोक लगाएको बेला नियमको पालना नगरी हेपा प्रबृती मा मोटरसाईकल र गाडि लिएर बिना काममा हिडेका लाई आज बट्टार विदुर गंगटे बाट नियन्त्रणमा लिई आवश्यक कारर्वाहि गरी नाम र सवारी साधन को नम्बर इन्ट्रि गरी भोली बाट नचलाउने सर्त मा छाडिएको भट्टराईले बताउनुभयो ।
निषेधाज्ञा को उल्लघन गरी सवारी साधन चलाउने मा अधिकांस सरकारी कार्यालय र बैक का कर्मचारी रहेका छन् । आंिसक रुप खोलिएका बैक र सरकारी कार्यालयका मा काम गर्ने कर्मचारी को साधन नियन्त्रण मा परेका छन् । आज नियन्त्रण मा लिएका सवारी साधन भोलि पुन सडकमा गुडे मा नियन्त्रण मा लिएर निषेधाज्ञा अबधिभर राखिने प्रहरी नायव निरीक्षक विकल भट्टराईले बताउनु भयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया