आशा लघुवित्तको नाफा ३.७४ प्रतिशतले घट्यो
नुवाकोट। नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा चौथो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७४ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष संस्थाको खु नाफा ३ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाले ७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो मुनाफा ३ करोड २४ लाख रुपैयाँमा सीमित थियो। संस्थाले चौथो त्रैमासमा खुद ब्याज आम्दानीबापत १६ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११ करोड ५८ लाख रुपैयाँ रहेको थियो। संस्थाले १ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाले रिजर्भको आकार ४५३.५९ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ करोड ३४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। संस्थाको चुक्तापुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.४० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.५५ गुणा रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १३२.०९ रुपैयाँ रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया