कोरोनाको नयाँ हटस्पट बन्न सक्छ नुवाकोट

विदुर खबर २०७७ साउन १८ गते ८:१६

नुवाकोट । सरकारको दाबी छ, कोभिड–१९ रोकथाम र नियन्त्रणमा दक्षिण एसियामै राम्रो काम गरेका छौं ।

Advertisement

तैपनि सरकारको आलोचना भएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार सार्वजनिक मञ्चबाटै भने, ‘सरकारको काम नदेख्नेलाई मोतिबिन्दु लागेको हुनसक्छ ।’

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतम निरन्तर भनिरहन्थे, नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छैन ।’हुन पनि दैनिक पहिचान भएका संक्रमितको संख्या ७४० (असार १९) बाट ३ साउनमा ५७ मा झर्‍यो । त्यसयता पनि दैनिक भेटिने संक्रमितको संख्या २०० कटेको थिएन ।

Advertisement

काठमाडौं उपत्यकाका केही स्थानमा समुदाय स्तरमा गएर स्वाब संकलन गर्दा पनि नगन्य मात्र संक्रमित भेटिए । त्यसैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रटान लगाए, कोभिड–१९ नियन्त्रणमा हामी सही ट्र्याकमा छौं र, नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छैन ।’तर अहिले मन्त्रालयको अधिकारीहरुको बोली फेरिएको छ । उनीहरुले भन्न थालेका छन्, ‘जोखिम निकै बढेको छ र, अब झन् ठूलो ट्वीस्ट आउनेवाला छ ।’

मन्त्रालयका अधिकारीहरुले भनेझैं पछिल्लो समय देखिएका दृश्यहरुले राम्रो संकेत दिएको छैन

Advertisement

प्रतिक्रिया