नेकपाभित्रको विवाद उत्कर्षमा, ओली–प्रचण्ड आ–आफ्नै अडानमा
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने पक्षमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अडान राखेपछि विवाद उत्कर्षमा पुगेको हो ।
प्रधानमन्त्री ओेली एमसीसीको पक्षमा उभिँदा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका बहुमत नेता एमसीसीको विपक्षमा उभिएका छन् । जसका कारण नेकपाले लामो समय बितिसक्दासमेत एमसीसीका बारेमा निर्णय लिन सकेको छैन । सरकार सञ्चालनमा पार्टीसँग समन्वय नगरेको भन्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र चर्का आलोचना हुँदै आएको छ ।
एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री ओलीले अडान कसे पनि पार्टीभित्र एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा बहुमत देखिएपछि झन् तनाब बढेको हो । प्रधानमन्त्रीको कदमका विरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मोर्चाबन्दी गरेपछि पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । बुधबार बसेको नेकपाको स्थायी समिति बैठकमा एक–अर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री ओली र प्रचण्डबीच विवाद मत्थर बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।
भेटमा प्रधानमन्त्रीले मिलेर अगाडि बढ्न प्रस्ताव गरेको र जवाफमा प्रचण्डले पार्टी एकतादेखि देखाएको लचकताको फाइदा उठाउदै आफूलाई अधिकारविहीन बनाएको भन्दै असन्तुष्टि जनाएको प्रचण्डको सचिवालयले बताएको छ । ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न अवस्था र भोलिबाट बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाट असहयोग भएको गुनासो गर्नुभएको थियो भने प्रचण्डले प्रधानमन्त्री ओलीले एकलौटी ढंगले चल्दा पाटी जनताको बीचमा बदनाम भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
भेटको क्रममा स्थायी समिति बैठकमा प्रस्तुत गरिएका एजेन्डाका बारेमा बैठकले गर्ने निर्णय मान्नुपर्ने अडान प्रचण्डले लिएपछि प्रधानमन्त्री तनावमा परेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो
आज प्रणय दिवस, विश्वभर प्रेम साटासाट गरी मनाइँदै
नुवाकोटको बेलकोटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
नुवाकोटका तामाङ पक्राउ





प्रतिक्रिया