ढिला काम गर्ने प्रवृत्तिमा लगाम कस्ने सरकारको तयारी

फाईल फोटो
नुवाकोट । आर्थिक वर्षको अन्त्यतिर हतार हतार काम गर्ने प्रवत्ति रोक्न सरकारले आगामी वर्षका लागि साउनमा ठेक्का निकाल्ने र असोजसम्म खरिद सम्झौता गरिसक्नुपर्ने पूर्ववर्ती नीति कार्यान्वयनमा कडाइ गर्ने भएको छ।
विकास खर्च र सिजनमा काम नहुने भएपछि खरिद प्रक्रियामै कडाइ गर्न लागेको हो। यस अघि नै यस्तो नीति लिइएको भए पनि कार्यान्वयन ल्याउन सकेको थिएन। ‘अब कडाइ हुन्छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने। आगामी वर्षका लागि साउन १ गते सबै कार्यालय र आयोजनाहरुलाई पत्राचार गरेर भदौभित्र ठेक्का निकाल्न निर्देशन दिने तयारी भएको उनले बताए।
उनका अनुसार साउनदेखि भदौ भित्रमा ठेक्का निकालिनेछ। त्यसको मूल्यांकन गरेर असोजसम्ममा खरिद सम्झौता हुनेछ। कात्तिकमा निर्माण कम्पनी-व्यवसायी मोविलाइज हुन पाउँछन्। मंसिरदेखि फुलफ्लेजमा काम गर्न सकिनेछ। मंसिरदेखि जेठसम्म काम हुने सिजन हो। फागुन, चैत,वैशाख र जेठ विकासका काम धेरै हुने महिना हुन्। ‘यो वर्षबाट हामीले सुरु गरेका थियौ। केही सुधार भएको पक्कै भएको छ। फागुनमा हाम्रो स्पिड अपग्रेड भएको थियो। यो बर्ष धेरै काम गर्ने लक्ष्य थियो, तर चैतपछि काम हुन सकेन,’ शर्माले भने, ‘दसैंतिहारपछि आनन्दले ठेक्का निकालेर फुर्सदले काम गर्ने संस्कारमा ब्रेक लगाउँछौं।’ साउनमा ठेक्का लगाउदा तयारीका सबै चरणहरु पूरा गर्नुपर्ने उनले बताए।
अघिल्ला वर्षहरुमा काम हुने सिजनमा ठेक्का निकाल्ने गरिएका कारण खर्च र काम दुवै नहुने गरेको निष्कर्ष निकाल्दै यस्तो नीति अंगीकार गरिएको हो। अत्यावश्यक र मर्मत सम्भारका ठेक्काहरु भने अनुकूल समयमा निकाल्न सकिनेछ। पूर्वाधारमा छुट्याइएको अर्बौ रुपैयाँ बर्सेनि खर्च हुन सकेको छैन। असोजमै ठेक्का लगाउदा समयमै गुणस्तरीय काम हुने र ‘असारे विकास’ समेत रोकिने अपेक्षा सरकारको छ। यसमा निर्माण व्यवसायीहरु पनि सकारात्मक छन्। बर्सेनि आर्थिक वर्ष अन्त्य हुन लागेपछि हतात हतार काम गर्न खोज्ने प्रवृत्तिको अन्त्यका लागि यस्तो नीति लिइएको हो।
लकडाउन खुकुलो भएसँगै पछिल्ला दिनहरुमा बोलपत्र आह्वान गर्ने र ठेक्का सम्झौता गर्ने लगायतका प्रक्रियाहरु भने अघि बढेको छ। गत चैतमा सरकारले लकडाउन गरेका कारण पेन्डिङ रहेका योजनाको असारमा सम्झौता र बोलपत्र आह्वान गरिएको महानिर्देशक शर्माले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया