नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो
विदुर खबर
२०७७ असार ७ गते २१:१०
नुवाकोट । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । गुल्मी छत्रकोट ५ मैनडाँडाका ६९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ती पुरुष प्यारालाइसिस उपचारका लागि भारत गएको र जेष्ठ २५ गते नेपाल आएका थिए। उनी घरमा क्वारेन्टाईनमा रहेका थिए। उनको असार ५ गते आफ्नै निवासमा नै मृत्यु भएको हो। साेहि दिन उनको नमुना संकलन गरेर भैरहवा प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाइएको थियो र असार ६ गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
सोहि दिन नेपाली सेनाले उनको अन्त्येष्टि गरेका थिए। योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २३ पुगेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया