सान्जेन जलविद्युतमा नेपाली सेनाले सुरक्षा दिने
रसुवा। रसुवामा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ ।
यसअघि यो आयोजनामा सान्जेन हाइड्रोपावर सुरक्षा वेस, सशस्त्र प्रहरी बल नेपालले सुरक्षा दिँदै आएको थियो । सशस्त्र प्रहरीलाई सीमा नाकामा लक्षित गर्ने सरकारको नीति अनुसार आयोजनामा सेनाले जिम्मेवारी लिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । ‘सरकारले असार १ गतेदेखि लागू हुने गरी आयोजनाहरूमा सेना खटाउने निर्णय गरेको थियो’, उहाँले भन्नुभयो, ‘सोही अनुरूप हामीले उक्त आयोजनाको सुरक्षाको लागि सेनालाई जिम्मेवारी दिएका हौं ।’
हरेक विषम परिस्थितिमा सशस्त्र प्रहरी बल, नेपाल जनताको सेवामा समर्पित हुँदै आएको र अहिले सीमा सुरक्षाको विषय महत्वपूर्ण भएकाले सोही अनुसार कार्य गर्ने सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वाटर धुन्चेका सशस्त्र प्रहरी नायव उपरीक्षक किरण पौडेलले बताउनुभयो ।
महत्वपूर्ण प्रतिष्ठान, कारागार र आयोजनामा खटिएका सशस्त्र प्रहरीका कर्मचारीलाई फिर्ता गर्ने गरी नेपाली सेना खटिने सरकारले जनाएको छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका लागि खटाइने भएपछि सेनाले सोमबारदेखि जिम्मेवारी लिएको हो ।अहिले जिल्लामा निर्माण भइरहेका विभिन्न जलविद्युत् आयोजनामा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ । जिल्लामा अहिले एक दर्जन भन्दा बढी जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया