पीपीपीद्वारा पनि निर्वाचनमा धाँधलीका सङ्केत देखिएको दावी
इस्लामावाद, पाकिस्तान, पाकिस्तानको दोस्रो ठूलो दल पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले निर्वाचन धाँधलीरहित हुनेमा शनिबार शङ्का व्यक्त गरेको छ ।
पाकिस्तानमा यही जुलाई २५ गते हुने आम निर्वाचनमा आफूहरूलाई प्रचारप्रसारका लागि स्वतन्त्रता नमिलेको दावी पीपीपीका अध्यक्ष विलावल भूट्टो जर्दारीले बताउनुभयो । “निर्वाचन सम्पन्न गर्न बनाइएको सरकारले हाम्रो दललाई निर्वाचन अभियानमा प्रचारका लागि प्रशस्त मार्ग दिएको छैन,” जर्दारीले भन्नुभयो । उहाँले यसबाट निर्वाचन स्वच्छ तथा निस्पक्ष रूपमा सम्पन्न हुनेमा आफ्नो दल सशंकित बनेको जनाउनुभयो ।
उहाँले पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा पत्रकार सम्मेलन गरी भन्नुभयो, “सञ्चारमाध्यम नियन्त्रित (सेन्सरसीप) बनेका छन् र राजनीतिक अधिकारीहरू पक्राउ गरिएका छन् । यो मानवअधिकारको उल्लङ्घन मात्र नभै निर्वाचनपूर्व हुने धाँधलीको खेल हो ।” पीपीपीका नेताहरूले सरकारले पटकपटक निर्वाचन अभियानका लागि आयोजना गरिएका पञ्जाबलगाएतका स्थानमा प्रदर्शनमा रोक लगाएको बताए । सञ्चारकर्मी, राजनीतिज्ञ तथा विश्लेषकहरूले निर्वाचनमा सेनाको शक्तिशाली हस्तक्षेप भइरहेको बताइरहेका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानी मुश्लिम लिग–नवाज (पीएमएल–एन)का नेता नवाज सरीफलाई पक्राउ गरिएको प्रसङ्गलाई जोड्दै यो निर्वाचनमा सेनाको हस्तक्षेपको सङ्केतसमेत भएको पीपीपीले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा शनिबार १२८ सहित पाकिस्तानमा कम्तीमा १५४ जनाको निर्वाचन अभियानमा सहभागी समर्थक तथा शुभेच्छुकको मृत्यु भएको पीपीपीको दावी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया