नुवाकोट । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन । भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।
जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै क्रिटिकल अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाएका छन् । नारायणी सामुदायिक अस्पतालले सामान्य अक्सिजनको भरमा बिरामीलाई भरतपुर अस्पतालको आईसीयूमा सारेको थियो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले आफूहरुले बिरामी नसार्न भन्दाभन्दै सारिएको बताए । मेसु तिवारीले बिरामी ल्याउँदा समेत सावधानी नअपनाएको बताए । नारायणी सामुदायिक अस्पतालको आईसीयूमा अन्य चार जना कोरोना संक्रमितसँगै राखिएका थिए ।












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया