दैलेखमा आरडीटी पोजिटिभ देखिएकालाई भैंसी गोठमा राखियो
दैलेख ।आइसोलेसन नभएपछि भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ ।
शनिबार परीक्षणका क्रममा पोजिटिभ भएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो । १० दिनअघि भारतबाट आएका उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडिटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताइन् ।
‘यहाँ आइसोलेसन छैन,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा गोठमा लगिएको हो ।’ उनीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने तयारी भइरहेको उनको भनाइ छ । उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ । ‘एक्कासी धेरै मानिस भित्रिएपछि व्यवस्थापनमा समस्या भयो,’ उनले भनिन्, ‘अन्य ठाउँका क्वारेन्टाइन पनि भरिएपछि एउटै कोठामा धेरैलाई राख्नुपर्ने बाध्यता भयो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया